भुटानी शरणार्थीको फाइल खोल्ने डीआईजीको आकस्मिक सरुवा

गृहमन्त्री रमेश लेखकले भुटानी शरणार्थीको फाइल अघि बढाउने प्रहरी अधिकारीको सरुवा गरेका छन् । अपराध महाशाखाको प्रमुख हुंदा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खांडसहित उच्च अधिकारीहरु पक्राउ गर्ने डीआईजी मनोज केसीको दुई महिना नपुग्दै सरुवा भएको हो । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दिन बुधबार नै गृहमन्त्री स्तरीय निर्णयबाट केसीलाई जिम्मेवारीबाट हटाइएको हो ।

बिज्ञापन

गत १४ असारमा वेचन क्रा प्रक्राउ परेसँगै नेपाली राजनीति समेत यूटर्न भएको थियो । तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग भेट गराइदिने व्यक्ति उनै झा भएको बताइन्छ । मनोजकै सक्रियतामा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न उच्च तहका बिचौलिया बेचन झा र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकलाई पक्राउ गरिएको थियो तर रमेश लेखक गृह मन्त्री बनेर आएसँगै आकस्मिक रूपमा सरुवा गरेको हो ।शरणार्थी प्रकरणमा संलग्न बेचन झालाई पनि पक्राउ गर्न उनको टिमले सहयोग गरेको आशंकामा गृहमन्त्री रमेश लेखकले केसीलाई सरुवा गरेका हुन् ।

बिज्ञापन

गृहले डिआइजी मनोज केसीलाई विशेष ब्युरोमा खटाएको दुई महिना नहुँदै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएको हो । गत जेठमा बढुवा भएलगत्तै केसीको ब्युरोमा सरुवा भएको थियो । तर, दुई महिना नहुँदै बिहीबार उनको फेरि सरुवा भएको छ ।

उनको ठाउंमा डिआईजी राजन अधिकारीलाई विशेष ब्युरोमा ल्याइएको छ ।अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकट अफिसर मानिन्छन् । अधिकारी महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष