उपसचिवसम्मका कर्मचारी प्रदेश सरकारबाटै परिपूर्ति गर्ने तयारी

कर्णाली प्रदेश सरकारले रिक्त रहेको ११ सय भन्दा कर्मचारी चालु आर्थिक बर्षमै पदपूर्ति गर्ने तयारी रहेको जनाएको छ ।आठ मन्त्रालय र प्रदेश सरकार मातहतका अन्य निकायका लागि स्वीकृत दरबन्दी कुल दुई हजार आठ सय ६२ रहेको भए पनि त्यहाँ एक हजार सात सयभन्दा केही कर्मचारी मात्र छन् । अर्थात झण्डै ११ सय दरबन्दी रिक्त छ । तीमध्ये कतिपय त केन्द्रबाट काजमा खटिएका छन् भने केही समायोजन भएका र केही करारमा समेत छन् ।कर्मचारी अभावकै कारण प्रदेश स्थापना भएको आठ बर्ष समय व्यतित भइसक्दा समेत विकासले लय समात्न नसकेको बताइन्छ ।

बिज्ञापन

कर्णाली प्रदेशको समस्या हो,कर्मचारी जान नमान्ने,खटिएका कर्मचारी पनि लामो समय टिकाउन नसकिने । त्यही समस्या पदपूर्ति गर्न केन्द्र सरकारको मुख तताक्ने,प्रदेशबाटै उपसचिव तहसम्मको कर्मचारी भर्ति गर्ने योजना बनाएको छ,कर्णाली प्रदेश सरकारले ।

बिज्ञापन

प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा तीनवटा सरकार गठन भए तर अस्थिर कर्मचारीतन्त्रका कारण समस्या झेल्दै आएको कर्णाली प्रदेश सरकारले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने तयारी गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । उनले प्रदेश लोक सेवा आयोगमार्फत उपसचिव तहसहित ७५ प्रतिशत कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने तयारी भइरहेको बताए ।

कर्मचारी अभावले भएको स्रोत र साधनको प्रयोग नहुने परिपाटीको अन्त्य गर्न एक वर्षभित्र समस्या हलगर्ने गरी अघि बढेको मुख्यमन्त्री कँडेलले बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष