पाँच महिना पछि लोकसेवा आयोगले पायो अध्यक्ष

झण्डै पाँच महिना पछि मधेश प्रदेश लोक सेवा आयोगले अध्यक्ष पाएको छ । एक अध्यक्ष र दुई सदस्यसहित तीन पदाधिकारी रहने प्रदेश लोकसेवा आयोगका तत्कालीन अध्यक्ष अध्यक्ष सुरेन्द्र प्रसाद यादव ६५ वर्षे उमेर हदका कारण २२ फागुनमा अवकाशमा गए सँगै आयोग अध्यक्ष विहिन रहेकोमा हिजोमात्र सो आयोगको अध्यक्षमा शिवराम यादव नियुक्त हुने भएका छन् ।

बिज्ञापन

मुख्यमन्त्री सतिशकुमार सिंहले यादवलाई मधेश लोक सेवा आयोगको अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्रीले सिफारिस पठाउन ढिलो गरेका कारण उनको नियुक्ति प्रदेश प्रमुखले शुक्रबार गर्ने तयारी छ । शुक्रबार नै उनको शपथग्रहण हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

बिज्ञापन

५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् । उनले सिंघानिया युनिभर्सिटी भारतबाट पीएचडी गरेका छन् । उनी सडक विभागको हेबी इक्विपमेन्ट डिभिजन काठमाडौंमा कार्यरत थिए । उनमा संघीय लोक सेवा आयोगको रोस्टर विज्ञको रुपमा काम गरेको अनुभव पनि छ ।

तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको पालमा प्रदेश लोक सेवा आयोगको ऐन २०७६, अनुसार ४ भदौ २०७६ मा प्रदेश लोक सेवा आयोग गठन भएको थियो । आयोगको अध्यक्षमा सरकारको सिफारिसमा अध्यक्ष सुरेन्द्र प्रसाद यादव नियुक्त भएका थिए । केही दिनपछि सदस्यमा महारुद्र झा र सुजाता देव नियुक्त भए । आयोग गठनसँगै कार्यालय व्यवस्थापनको काम अगाडि बढाइएकोमा अध्यक्ष सहित पदाधिकारी नहुँदा कर्मचारी नियुक्ति र सिफारिस ठप्प हुन पुगेको थियो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष