राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा शिवराज अधिकारी नियुक्त भएका छन्।
बिज्ञापन
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्ष नियुक्त गरेको हो। बिहीबार बसेको बैठकबाट पाल्पाका अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरेको हो । यस अघि प्रचण्ड सरकारमा मीनबहादुर श्रेष्ठ उपाध्यक्ष हुँदा उनी आयोगमा सदस्य थिए। उनी चैत २०८०मा योजना आयोगको सदस्य नियुक्त भएका थिए ।
बिज्ञापन
त्यसअगाडि उनी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विभागका प्रमुख थिए। उनले डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरावलोकन आयोगमा सदस्यका रुपमा काम गरेका थिए । त्यसअघि राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकार र अन्तरसरकारी वित्तीय परिषद्को सदस्यको रूपमा काम गरिसकेका उनले पहिलो पटक योजना आयोगमा उपाध्यक्ष नियुक्त भएका हुन् ।
मन्त्रिपरिषद् बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरेको छ।
बिज्ञापन