‘कमिसन नदिएको’ भन्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले सचिवलाई दिए कुट्ने धम्की

कार्यकर्तालाई कमिसन दिन छिटो बजेट निकासा नगरेको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएका छन् । पूर्वमुख्यमन्त्री कार्कीले आफूलाई शौचालयमा थुन्ने र कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेश सरकारका सचिवले प्रशासन गुहारेका छन्। सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार उजुरी दिँदै सुरक्षा मागेका छन्।

बिज्ञापन

उनले कानुनी कारवाहीको मागसमेत गरेका छन्। सचिव भट्टराईका अनुसार पूर्वमुख्यमन्त्री कार्कीले सोमबार साँझ ४ बजेर ५३ मिनेटमा आफूलाई फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएका हुन्।

बिज्ञापन

नेपाली कांग्रेसका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले टेलिफोनबाट धम्की दिएको भन्दै भट्टराईले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन समेत दिएका छन् ।विराट गोल्डकपका लागि मुख्यमन्त्री हुँदा घोषणा गरेको २५ लाख रकम सचिवले रोकेको भन्दै कार्की आफूमाथि खनिएको भट्टराईको भनाइ छ।

‘कुट्ने पिट्ने र शौचालयमा लगेर थुन्ने धम्की आयो, त्यसपछि मैले सुरक्षा माग गरेको हो, मलाई बेलुका ४ः५३ मा फोन आएको थियो, जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालयमा निवेदन दिएको छु,’ सचिव भट्टराईले भने, ‘पुरानो फाइललाई भुक्तानी दिन अर्थले सहमति दिएन, नदिएपछि त्यो रिस मलाई पोख्नु भएको होला उहाँले, अर्थ मन्त्रालयमा रोकिने कुरा त हामीलाई भन्नु भएन नि, कुरो बुझेर गर्नुपर्यो नि।’

बिज्ञापन

उनले एकपटक त कक्षाकोठामा पहिलो बेन्चमा बस्ने (फर्स्ट बेन्चर) साथी खरदार भएको र अन्तिम बेन्चमा बस्ने (लास्ट बेन्चर) आफू भने मुख्यमन्त्री भएको अभिव्यक्ति दिएका थिए ।

उनको सोही अभिव्यक्तिले राष्ट्रसेवक कर्मचारीलाई दुःखी बनाएको भन्दै नेपाल निजामती कर्मचारीको सङ्गठनले असन्तुष्टि जनाएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष