कानुन सचिव बन्ने दौडमा थिए अधिकारी

तीन वर्षसम्म राजनीतिक कोपभाजनमा परेर अन्यत्र सरुवा नपाएपछि नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको र उनको ठाउँमा रक्षा मन्त्रालयका एक जना सहसचिवलाई बढुवा गरेर पठाउने तयारी गरेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जानकारी दिएको छ ।

बिज्ञापन

आगामी आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदका कारण अवकाश जानुपर्ने अधिकारीले  पाँच महिना अघि नै राजीनामा दिएपछि आज बिदाइ  गरिएको हो ।  अधिकारी अहिले नेपाल कानून आयोगको सचिवको जिम्मेवारीमा थिए । उनको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरेपछि आइतबार नै कानून आयोगले अधिकारीलाई औपचारिक कार्यक्रमकाबीच बिदाइ समेत गरेको आयोगले जनाएको छ ।

बिज्ञापन

२०७७ चैत ५ गते सचिवमा बढुवा भएका अधिकारीले झन्डै ३ वर्ष ४ महिना सचिव भएर काम गरे । यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगमा सचिवको भूमिकामा निभाएका थिए । अधिकारी कानुन सचिव बन्ने दौडमा थिए । तर, पाएनन् । अधिकारीले मुख्यसचिव बैकुण्ठ अर्यालकै समयमा राजीनामा दिए पनि रोकेर राखिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष