अवकाशको चार महिना अगावै सचिवले किन दिए राजीनामा ?

अनिवार्य अवकाशमा जानु चार महिना अगाडि नै सचिव तोयानाथ अधिकारीले राजीनामा दिएका छन् । निजामती किताबखानाका अनुसार अधिकारी आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हद लागेर अनिवार्य अवकाश पाउदै थिए तर अवकाश हुनु चार महिना अगावै उनले राजीनामा दिएका हुन् ।

बिज्ञापन

नेपाल कानुन आयोगको सचिवको रुपमा कार्यरत अधिकारीले दिएको राजीनामा आइतबारदेखि लागू हुने गरी अस्तिको मन्त्रिपरिषद्को बैठकले स्वीकृति गरेको छ ।

बिज्ञापन

२०७७ चैत ५ गते सचिवमा बढुवा भएका अधिकारीले झन्डै ३ वर्ष ४ महिना सचिव भएर काम गर्ने अवसर पाए । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र नेपाल कानुन आयोगमा सचिवको भूमिकामा काम गरे । यता लीलादेवी गड्तौला कामु सचिवका उक्लिएसँगै हाल कानुन आयोगका सहसचिव रहेका पाराश्वर ढुंगाना सचिव बन्ने लाइनमाछन् ।

अधिकारीले निकटवर्तीहरुसँग जागिर खाँदाखाँदा दिक्क लागेको बताउने गरेका थिए ।

बिज्ञापन

नेपाल कानुन समूहका ४ जना सचिव रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त समूहकी गड्तौला,कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा फणीन्द्र गौतम र सत्य निरुपण तथा मेलमिलाप आयोगमा उदयराज सापकोटा सचिव रहेका छन् । नेपाल कानुन आयोगमा भने कानुन समूहका तोयानाथ अधिकारी सचिव थिए । अधिकारीले राजीनामा दिएपछि नेपाल कानुन आयोगमा सचिव खाली भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष