दुई अध्यक्षकोबिच द्वन्द्व, कर्मचारीलाई हाजिर गर्न रोक

बजेटको विषयमा विवाद हुँदा कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष र वडाध्यक्षबिचको द्वन्द्वको कारण कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएको छ ।गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी र गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ४ का वडाध्यक्ष रामजनम चौधरीबिचको द्वन्द्वले कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएको हो । वडाध्यक्ष र गाउँपालिका अध्यक्ष दुवै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन् । उनीहरूको विवादले वडा कार्यालयको सेवा प्रभावित भएको छ । यी दुई जनाबिच केही समय अघिदेखि नै विवाद चल्दै आएको छ ।

बिज्ञापन

उता गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्षले आरोप लगाए जस्तो कुनै विवाद नरहेको र आफूलाई थाहा नभएको बताए । वडाध्यक्ष रामजनम चौधरीले गाउँपालिकाको बजेटमा अध्यक्ष चित्रबहादुर चौधरीले एकलौटी तथा मनलाग्दी गर्दै आएको आरोप लगाए ।उनले गाउँपालिकाका योजनाहरू जनतामुखी नभइ कर्मचारीमुखी योजना बनाएको समेत आरोप लगाए । त्यस्तै, वडाध्यक्ष चौधरीले वडामा ४४ लाखमात्र बजेट सिलिङ आएको र वडा नं. ४ को प्राथमिक स्वास्थ्य ईकाईको प्रमुख परिवर्तन गर्दासमेत समन्वय नभएको भन्दै वडाका कर्मचारीहरूलाई वडामा हाजिर गर्न नदिइ गाउँपालिकामा पठाइएको बताए ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष