६ महानगरपालिकामध्ये काठमाडौंको पूँजीगत खर्च किन निराशाजनक ?

पढाईमा मात्र अब्बल भएर के गर्नु,कार्यसम्पादनमा खोट देखिएपछि ! अहिले यस्तै प्रश्न उठाउन थालिएको छ,काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तथा कान्छो सहसचिवका रुपमा आफूलाई चिनाउन चाहने प्रदीप परियारप्रति ।उनी उक्त पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा छन्,६ महिनादेखि तर पालिकाको पूँजीगत खर्च २९ प्रतिशत पनि कटेको छैन । यस्मा दोष कस्को एक्ला वालेन साह,सुनिता डंगोल,जनप्रतिनिधिहरुको मात्र हो ? वा प्रमुख प्रशासकीय अधिकृतले तदरुकता लिएर काम गर्न नसकेको हुन ? प्रश्न यो ढंगबाट पनि उठाउन थालिएको छ ।

बिज्ञापन

अधिकृतबाट उपसचिवमा कामै नगरी ३२ वर्षमै सहसचिव बनेका प्रदीप परियारलाई योजना आयोगबाट टपक्क टिपेर मेयर वालेन साहले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइँदा त्यहाँ भद्रगोल देखिएको महानगरपालिकाकै कर्मचारीहरुले बताउने गरेका छन् ।त्यहाँ कतिपय महाशाखाहरु अहिले पनि निमित्तकै भरमा चलिरहेको छ ।

बिज्ञापन

लामो समय स्थानीय तहमा काम गरेका,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासनमा बसेर अनुभव बटुलेका,प्रमुख जिल्ला अधिकारी समेत चलाइसकेका बसन्त अधिकारीलाई लखेटेर त्यहाँ प्रदीप परियारलाई हाकिम बनाएर लगिएको छ । उनी माघ ५ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा छन् । ६ महिना काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चलाइसकेका छन्,परियारले ।

काठमाडौं महानगरपालिकाको पूँजीगत खर्च हेर्ने हो भने ६ वटा महानगरपालिकामध्ये दयनीय देखिएको छ । ६ वटा महानगरपालिकाको पूँजीगत खर्च केलाउँदा ललितपुरले ५५,विराटनगरले ५४,भक्तपुर ५३,पोखरा ५१,विरगञ्ज ४९ प्रतिशत खर्च गर्दा सबैभन्दा ठूलो महानगरपालिकाको खर्च २९ प्रतिशत मात्र रहेको देखिन्छ । गत आर्थिक बर्षमा २५ अर्ब ४१ करोड ९५ लाख ९६ हजारको बजेट ल्याएको थियो काठमाडौं महानगरपालिकाले । महानगरपालिकाले ४ अर्ब ५२ करोड रुपैयाँ अर्थात् लक्ष्यको २९ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । जबकी अघिल्ला आर्थिक बर्षमा महानगरपालिकाको पूँजीगत खर्च ५० प्रतिशतभन्दा बढी हुन्थ्यो । यसरी पूँजीगत खर्च गर्न नसक्नुमा त्यहाँका आलाकाँचा टिम मुख्य कमजोरी रहेको कतिपय वडा अध्यक्षहरुको आरोप छ । त्यहाँ मेयर वालेन साह हुन वा उपमेयर सुनिता डंगोल दुबै पहिलो पटक जनप्रतिनिधिको जिम्मेवारी सम्हालिरहेका छन् र अनुभव बटुल्दै छन् ।

बिज्ञापन

अधिकृतबाट एकै पटक सहसचिवमा बढुवा भएका प्रदीप परियार यस्ता भाग्यमानी सहसचिव हुन,जस्लाई सहसचिवमा बढुवा भएर प्रदेशतिर खटिनु परेन । पूर्व मुख्य सचिव नै दाहिना हुँदा उनले सिधै शहरी विकास मन्त्रालयमा पदस्थापन भेट्टाए । त्यहाँ पनि लामो समय टिक्न सकेनन् र योजना आयोगतिर पुगे ।
यही समयमा बसन्त अधिकारीलाई लखेटेर बालेन साहको रोजाईमा परे युवा र कान्छा सहसचिव तर उनको ६ महिनाको कार्यसम्पादन हेर्दा ६ वटा महानगरपालिकामध्ये सबैभन्दा कमजोर पूँजीगत खर्च गर्न सकेको देखिन्छ ।पूँजीगत खर्च बढाउन काम एक्लै प्रमुख प्रशासकीय अधिकृतले मात्र सक्ने त होइनन् तर योजना बनाउने,समयमा ठेक्का लगाउने,त्यसका लागि प्रक्रियाहरु अगाडि बढाउने काम प्रमुख प्रशासकीय अधिकृतकै सक्रियतामा हुने हो । यस्तै अहिले धेरै बजेट वडा र उपभोक्ता समितिमार्फत हुन्छन्,ती कामलाई सहज ढंगले अगाडि बढाउन आवश्यक समन्वय गर्ने काम पनि प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारीभित्र पर्दछ ।

यद्यपि काठमाडौं महानगरपालिकाले भने ५ वर्षको तुलनामा यस बर्ष काठमाडौँ महानगरपालिकाको पुँजीगत खर्च दर उच्च भएको दावी गरेको छ । महानगरपालिकाले २०७/७७ मा ७७ प्रतिशत चालू खर्च भएकोमा हाल आर्थिक वर्ष २०८०/८१ मा यो दर ६४ प्रतिशतमा सिमित भएको छ । यस्तै आर्थिक वर्ष २०७७/ ७८ मा २१ प्रतिशत, २०७८/७९ मा २९ प्रतिशत र २०७९/ ८० मा २६ प्रतिशत रहेको पूँजीगत खर्चमा उत्साहजनक वृध्दि भएर ४२ प्रतिशत पुगेको दावी गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष