कमला नदीमा फसेका छ जनाको सकुशल उद्धार

सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्धार गरेको छ ।

बिज्ञापन

उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षिय मनिया कापर, ५० वर्षिय सेवक साह, ३७ वर्षिय मोहम्द हाकिम राई र ३५ वर्षिय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानिको बहाव बढेपछि उनीहरु सो नदिको बीच भागमा फसेका थिए ।

बिज्ञापन

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको हो । त्यसैगरी सोही नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले दिउँसो करीव २ बजे सकुशल उद्धार गरेको हो ।

धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षिय विष्णुदेव गोईत र २९ वर्षिय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढिको कारण सो नदिमा बीच भागमा फसेका थिए ।

बिज्ञापन

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धार गरिएका दुवै जना उक्त जेसीबीका चालक तथा सह–चालक रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष