ज्योति विकासको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ। बैंकले २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो।

बिज्ञापन

बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव बोकेका नव-नियुक्त वरिष्ठ नायब सीईओ बराल विगत १६ महिनादेखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत छन्। चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एनआईसी एशिया बैंकको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव छ। उनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा पूर्व सञ्चालक रहनुका साथै हाल ज्योति क्यापिटलको अध्यक्ष पनि छन् ।

बिज्ञापन

यसका साथै, बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव र विशेषज्ञता भएका नव९नियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंक लिमिटेडबाट बैंकिङ यात्रा शुरुवात गरि विभिन्न वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरूमा व्यवस्थापकीय पदमा विविध बैंकिङ कार्यहरूमा बहुआयामिक अनुभव हासिल गरेका छन्।

विगत ७ वर्षदेखि यस विकास बैंकमा आवद्ध थापाले हाल प्रमुख सञ्चालन अधिकृत, प्रमुख बजारिकरण अधिकृत, मानव संशाधन विभाग प्रमुख तथा कम्पनी सचिवको कार्यभार सम्हालिरहेको कम्पनीले बताएको छ । कम्पनीले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष