अर्थका ४४ कर्मचारी हुल बाँधेर विदेशतिर

आर्थिक वर्षको अन्तिममा अर्थ मन्त्रालयका झण्डै चार दर्जन कर्मचारी विदेश शयरमा जान लागेका छन् । जेठ २२ को मन्त्रिस्तरीय निर्णयबाट भ्रण स्वीकृत गराई ४४ कर्मचारीको जम्मो टोली विदेश शयरमा निस्कन लागेका हुन ।

बिज्ञापन

बजेट तर्जुमा तथा व्यवस्थापन प्रणाली सम्बन्धमा भइरहेका अभ्यासबारे अध्ययन तथा अवलोकन गर्ने ४४ जना कर्मचारी अस्ट्रेलिया, अफ्रिका, स्विट्जरल्यान्ड र थाइल्यान्ड भ्रमणमा जान लागेका हुन् । जसमा ११ जना उपसचिवस्तरका छन् ।

बिज्ञापन

जसमा उपसचिव ध्रुवप्रसाद पाण्डे,उपसचिव टीकराम भुसाल,पूर्ण प्रसाद न्यौपाने,दिलिप केसी,जगदिश्वर उपाध्याय,देवनारायण पौडेल,कमानसिंह तमाङ,ज्ञानेन्द्रराज ओझा,सन्तोष न्यौपाने गौरींशकर उपाध्याय लगायत रहेका छन् ।

यस्तै शाखा अधिकृतहरू रघु पराजुली, सुशीला भट्ट पण्डित, रामकुमार श्रेष्ठ, दिलक आचार्य, राजन थापा, राजबोली सम्बाहाम्फे, सन्तोष तामाङ, भरत आचार्य, खेमेन्द्रमणि घिमिरे, विना श्रेष्ठ र कल्पना शाक्य अशोक गुरागाईं, बुद्धिप्रसाद पन्त, मात्रिका नेपाल, यादव खड्का र कम्प्युटर अधिकृत अमर सुवेदी, रमेशकुमार कार्की, घनश्याम भुसाल, दिनेश खनाल, नेत्रप्रसाद घिमिरे, अन्जना गिरी, रिना लम्साल र कम्प्युटर अधिकृतहरू गणेश सिंह रावल लगायतका कर्मचारी विदेश शयरमा निस्कन लागेका छन् ।

बिज्ञापन

अर्थ मन्त्रालयको विविध शीर्षकबाट छुट्याइएको बजेट रकमान्तर गरेर उक्त भ्रमण गर्न लागेका हुन ।

एकातिर राजश्व अनुमानभन्दा कम उठेको छ । निर्यात ठप्प र आयात बढ्दो छ । साधारण खर्च ह्वात्तै बढेको अवस्थामा अर्थका ४४ जना कर्मचारी विदेश भ्रमणमा जान लागेका छन् । अर्थका ४४ कर्मचारीहरु विभिन्न कार्यक्रमको नाममा अफ्रिका,अस्ट्रेलिया,युरोप र दक्षिणपूर्वी एसियाका विभिन्न मुलुक जान लागेका हुन् । यसरी अवसर पाउने अधिकांश चौबिसै घण्टा अर्थमन्त्री र अर्थसचिवको वरपर घुम्नेहरु रहेको अर्थका कर्मचारीहरुले बताएका छन् ।

स्रोतको दाबी छ, ‘भ्रमण केवल मस्तिका लागि हो । छुट्टी मनाउन सरकारी कोषको प्रयोग गरिएको छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष