क्याविनेटको निर्णयविरुद्ध सर्वाेच्चको अन्तरिम आदेश

हिजोको मन्त्रिपरिषद्को निर्णयविरुद्ध आजै सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बिज्ञापन

प्रसंग हो,नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाको । झण्डै पाँच महिनादेखि धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त छ । अध्यक्ष नियुक्ति सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव मधु मरासिनी र विज्ञ उदय निरौला सम्मिलित तीन सदस्यले सर्ट लिष्टका लागि पाँच जना उमेद्धारको नाम छनौंट गरेको थिए ।

बिज्ञापन

डा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ र सन्तोष श्रेष्ठ रहेकोमध्ये बोर्ड अध्यक्षका लागि सर्टलिस्ट (छनौट सूची) मा परेका पाँच जनामध्ये तीन जना अन्तर्वार्तामा अनुपस्थित भएको जनाउँदै आएका थिए ।

 

बिज्ञापन

सो पछि समितिले महान्यायधिवक्ताको कार्यालयसँग राय माग्यो । महान्यायधीवक्ताको कार्यालयमा कम्तिमा तीन जनाको नाम सिफारिस गर्न राय दिएको भए पनि अर्थ सचिव मधु मरासिनीले कलम चोप्न नमान्दा सिफारिस समितिले प्रक्रिया रद्द गर्न सरकारलाई सिफारिस गरेको र हिजो बसेको क्याबिनेट बैठकले पहिलेको प्रक्रिया रद्द गरेर नयाँ समिति गठन गर्ने निर्णय गरेपछि सर्वाेच्चको ढोका ढकढकाउन पुगेका थिए उमेद्धार सन्तोष श्रेष्ठ । श्रेष्ठको रिटमा आज प्रारम्भिक सुनुवाई गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिको प्रक्रिया नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

 

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले विपक्षीसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ । यस्तै अध्यक्ष छनोटको प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश पनि दिएको छ ।

सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै यही असार २१ गते दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष