पढाईमा अब्बल सुशील, एकै पटक ६ ठाउँमा नाम निकाले,दोश्रो नम्बरमा सिफारिस

लोकसेवा आयोगले आइतबार उपसचिव तहको नियुक्तिका लागि ४३ जनालाई सिफारिस गरेको छ । नियुक्तिका लागि सिफारिस भएकामा नेपाल न्याय सेवा, न्याय समूहः ७ जना,नेपाल न्याय सेवा, कानून समूहः २ जना,न्याय सेवा, सरकारी वकिल समूहः ३ जना,नेपाल परराष्ट्र सेवाः १ जना
नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहः १९ जना,नेपाल प्रशासन सेवा, लेखा समूहः ६ जना,नेपाल प्रशासन सेवा, राजस्व समूहः ३ जना र नेपाल लेखापरीक्षण सेवाः २ जना रहेका छन् ।
यस पटकको उपसचिव तहको परीक्षामा आफूलाई अब्बल ढंगले उभ्याएका छन्,अधिकृत तहमा कार्यरत रहेका छविलाल (सुशीलकुमार) पौड्याल । पढाईमा अब्बल सुशील पौड्यालले एकै पटक ६ ठाउँमा नाम निकालेका छन् ।

बिज्ञापन

 

बिज्ञापन

उनले उपसचिव तहको लिखित परीक्षामा ह्याट्रीक गर्दै एकै पटक प्रशासन,राजश्व र लेखा समूहको आन्तरिक र बाह्य प्रतिष्प्रर्धामा नाम निकालेका थिए ।लोकसेवा आयोगले आइतबार सार्वजनिक गरेको विज्ञापन नम्बर १६६६४/ ८०- ८१ आन्तरिक प्रतिष्प्रर्धातर्फ नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,राजस्व र लेखा समूहमा दुबैतर्फ गरी ६ ठाउँमा नाम निकालेर अब्बल दह्रिएका पौडेल उपसचिव नियुक्तिका लागि सिफारिस भएका हुन । २६ उमेद्धारमध्ये इन बास्केटबल एक्सरसाइज र लिखित परीक्षाको समेत प्राप्तांकका आधारमा दोश्रो नम्बरमा प्रशासन सेवातर्फ नाम निकाल्न सफल भएका हुन ।

आयोगले आज सार्वजनिक गरेको नतिजा अनुसार नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहतर्फ १९ जनालाई उपसचिवमा नियुक्तिका लागि सिफारिस गरेको छ । जसमध्ये दोश्रो नम्बरमा उनी नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष