सातदोबाटोमा सरकारी गाडीले डिभाइडर नाघेर ‘लेन क्रस’ गरेपछि…

सामाजिक सञ्जालमा एक सरकारी गाडीले लेन मिचेर अर्काे लेनमा गएको भिडियो चर्चामा छ ।

बिज्ञापन

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा बा १ झ ७६७५ नम्बरको सरकारी नम्बरप्लेट भएको गाडीले लेन उल्लंघन गरेको देखिन्छ ।

बिज्ञापन

जल उत्पन्न प्रकोप नियन्त्रण विभागको गाडीका चालक ‘लेन’ अनुशासनको कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।

एसएसपी श्रेष्ठका अनुसार यो घटना गत शुक्रबारको हो । गाडीले ललितपुरको सातदोबाटोबाट ग्वार्काे जाने सडकमा लेन उल्लंघन गरेको उनले बताए ।

बिज्ञापन

सरकारी नम्बरप्लेट भएको गाडी जल उत्पन्न प्रकोप नियन्त्रण विभागको रहेको एसएसपी श्रेष्ठले बताए ।सरकारी गाडीले सडकमा लेन मिचेको भन्दै चालकमाथि कारबाहीका लागि सामाजिक सञ्जालमा दबाब बढेको थियो । लगत्तै, ट्राफिक प्रहरीले एक्सन लिएको हो ।

लेन उल्लंघन गरेका बेला गाडीमा चालकमात्रै रहेको र उनलाई कारबाहीको दायरामा ल्याइएको उनले बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष