अधिकृतको सरुवा रोक्दा सहसचिव आफैं सरुवामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रामकुमार महतो हालैमात्र भन्सार विभागको उपमहानिर्देशकको रुपमा सरुवा भएका छन् । अनितादेवी सामान्य प्रशासन मन्त्री हुँदा सामान्यको कर्मचारी प्रशासनको हर्ताकर्ता रहेका महतोलाई सो महाशाखाबाट हुत्यायर महिनौंसम्म जिम्मेवारविहिन बनाइएको थियो ।
झण्डै दुई महिना अघि राष्ट्रपति कार्यालयमा कार्यरत शाखा अधिकृत शैलेन्द्र ढकालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुन खोजेका थिए । तर महतोले राष्ट्रपति कार्यालय गएको तीन महिना पनि नपुग्दै फेरि किन सरुवा हुनु पर्‍यो ? भन्दै रोकिदिएका थिए । ढकालले चाहिँ दुवै कार्यालयको मौखिक सहमति भैसकेकाले सरुवा गरिदिन आग्रह गरे । त्यसपछि सहसचिव महतोले कहिले सचिवज्यूलाई भन्नुस् भन्ने, कहिले लिखित सहमति ल्याउनु भन्दै हप्ता दिनजति घुमाइरहेका थिए ।

बिज्ञापन

सहसचिवले भने जति सबै गर्दासमेत सरुवा नभएपछि ढकाल कार्यकक्षमा गई किन दुःख मात्रै दिएको भनी शुरुमै झोंक्किए । ढकालले त्यसबेला ट्रेड युनियनको एउटा झोलेलाई बोकेर आउनेको सजिलै सरुवा हुने तर सीधै आग्रह गर्न आउनेलाई दुःख दिने नियत ठीक छैन भनेपछि महतोले सहसचिवसँग बोल्ने शैली यही हो ? बाहिर जानुस् भन्दै झपार्दा विवाद निस्किएको थियो ।

बिज्ञापन

यत्तिकैमा कर्मचारी संगठनका नेता प्रभास साह सहसचिवको कार्यकक्षमा प्रवेश गरे । त्यहाँ पहिले नै कर्मचारी प्रशासन शाखाका अधिकृतहरू ती दुईको वादविवाद सुनेर बसेका थिए । नेता साहले ढकालजी मेरो मान्छे हो, उहाँको सरुवा गरिदिनुस्, उहाँ पावरसेन्टरसँग पनि जोडिएको मान्छे हो, तपाईंलाई भोलि अप्ठ्यारो पर्ला भन्दै मैथिली भाषामा कुरा गरेका थिए । यत्तिकैमा सहसचिव महतो ‘म भइञ्जेल यसको कुनै हालतमा सरुवा हुँदैन’ भन्दै कुर्सीबाट उठ्न खोजेपछि ढकालले २४ घण्टाभित्र सरुवा नगरे उचित जवाफ दिने भन्दै धक्याएका प्रत्यक्षदर्शीले कर्मचारी प्रेससँग बताए ।

अधिकृत ढकाल उचित जवाफ दिने भन्दै बाहिरिएपछि नेता प्रभास शाह र सहसचिव महतो गोप्य कोठातिर लागे । भोलिपल्ट बिहानै महतोले प्रशासन शाखाका अधिकृतलाई ढकालको टिप्पणी उठाउन आदेश दिए । त्यसै दिन ढकालको भौतिक मन्त्रालयमा सरुवा भई केही घण्टामा तात्तातै रेल विभागमा पदस्थापना हुन सफल भए ।
यसरी अधिकृतको सरुवा रोकेको सहसचिव उक्त शाखा नै खोसियो । केही समय सामान्यको जगेडाबाट अर्थ हुँदै अस्तिमात्र भन्सार विभागको उपमहानिर्देशकको रुपमा सरुवा भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष