महिनौंदेखि रोकिएको तलब पाउने भए प्रहरी र कर्मचारीले,अर्थले पठायो ४ अर्ब ५ करोडको थप अख्तियारी

आर्थिक वर्ष सकिन १९ दिन बाँकी छँदा पारिश्रमिक, सामाजिक सुरक्षालगायतमा खर्च गर्ने गरी अख्तियारी पठाएको छ ।नेपाल प्रहरी,न्यायलयका कर्मचारीले दुई महिनादेखि तलब पाएका थिएनन् । अर्थ मन्त्रालयले थप बजेट निकासा गरेपछि महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले तलब पाउने भएका हुन ।

बिज्ञापन

असार १० को मन्त्रीस्तरीय निर्णयअनुसार अर्थले महालेखा नियन्त्रक कार्यालयमार्फत् अख्तियारी पठाएको हो । मन्त्रालयले सामाजिक सुरक्षा भत्ता, कर्मचारीको पारिश्रमिक, पारिश्रमिक पदाधिकारी शीर्षकमा विनियोजन भएकोमध्ये कुनै शीर्षकमा रकम नपुग्ने अवस्थामा त्यही खर्च शीर्षकको अर्को क्रियाकलापमा रकम बाँकी हुने अवस्थामा क्रियाकलापबीच समायोजन गरी भुक्तानी गर्न भनेको छ ।

बिज्ञापन

अर्थले पारिश्रमिक कर्मचारीमा ३ अर्ब ८० करोड र योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोषमा २५ करोडसमेत गरी ४ अर्ब ५ करोडको खर्च गर्ने गरी महालेखामार्फत् सम्बन्धित कोलेनिकालाई अख्तियारी पठाएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष