आन्तरिक राजस्वको ताकेताः व्यवसायको पैसा व्यक्तिगत खातामा जम्मा नगर्नू

काठमाडौं । आन्तरिक राजस्व विभागले व्यवसाय गरेको रकम व्यवसायको आधिकारित खातामै जम्मा गर्न ताकेता गरेको छ ।

बिज्ञापन

व्यावसायिक कारोबारको कुनै पनि रकम व्यक्तिगत खातामा जग्गा गरेको पाइएमा न्यूनतम ५ हजार वा त्यसरी जम्मा गरेको रकमको २ प्रतिशतमा जुन बढी हुन्छ सो रकम जरिवाना लाग्ने भएको हो ।

बिज्ञापन

अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक २०८१ मार्फत आयकर ऐनमा संशोधन गर्दै व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेका थिए ।

आर्थिक विधेयक २०८१ ले आयकर ऐन संशोधन गरी व्यावसायिक कारोबार वापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरेअनुसार सोही अनुसार गर्न सचेत गराएको हो ।जसअनुसार कुनै पनि व्यक्तिले व्यावासायिक कारोबार वापत प्राप्त रकम नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमबाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइँदैन । यसो गरे प्रत्यक पटकको अनुमगनमा ५ हजार रुपैयाँ वा कुल रकममको २ प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम जरिवाना हुनेछ ।

बिज्ञापन

आयकर ऐनको दफा ११९ ‘क’ को उपदफा ३ अनुसार जरिवाना हुने आन्तरिक राजस्व कार्यालयले जारी गरेको सूचनामा छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष