अर्थका पाँच सहसचिव हेरफेर :-बजेटमा राना,कप्रको जिम्मेवारी आचार्यलाई

अर्थमन्त्री बर्षमान पुनले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

बिज्ञापन

बजेट महाशाखाको हाकिम रितेश शाक्यलाई भ्रष्टाचार मुद्धा लागेसँगै रिक्त रहेको बजेट महाशाखाको जिम्मेवारी नरेन्द्र रानालाई दिइएको छ । राना अघिल्लो महिनामात्र भरतपुर महानगरपालिकाबाट अर्थमा तानिएका थिए । उनलाई धितोपत्र वोर्ड हेर्ने जिम्मेवारी दिइएको थियो ।
यस्तै दुई साता अघिमात्र प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा पठाएका छन् । सापकोटा राजश्व अनुसन्धान विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायमा जगेडामा रहेका थिए दश महिना । त्यहाँबाट गत चैत्रमा अर्थमा लगिएको उनलाई दुई महिनासम्म जिम्मेवारविहिन बनाएर राखिएको थियो ।
हालैमात्र महालेखा नियन्त्रक कार्यालयबाट राजेश्वर ज्ञवाली सामान्य प्रशासनमा पुगेपछि त्यो ठाउँमा सापकोटालाई खटाइएको हो । यता सापकोटाको ठाउँमा रामप्रसाद आचार्यलाई ल्याइएको छ ।
यस्तै सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा पुगेका छन् । राष्ट्रपति कार्यालयमा कार्यरत एक अधिकृत सरुवा गर्न नमान्दा सामान्य प्रशासनबाट सरुवा भएर अर्थमा पुगेका रामकुमार महत्तोलाई भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष