यस्ता छन् सामान्य प्रशासन मन्त्रीका सय दिनका ३६ उपलव्धी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालय सम्हालेको एक सय दिनमा गरेका ३६ वटा उपलव्धी सार्वजनिक गरेका छन् ।
मन्त्री जोशीले पहिलो नम्बरमा संघीय निजामती विद्येयक संघीय संसदमा प्रस्तुत भइ संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा दफादार छलफलका लागि गएको र यसै अधिवेशनमा पारित हुने बताएका छन् ।
मन्त्री जोशीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतका ११ वटा मन्त्रालय तथा निकायको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी कूल दरबन्दी ८२९६ बाट २७६३ पद कटौती र ९६१ थप भइ ६४७४ दरबन्दी कायम भएको,७३५ निजामती कर्मचारी सन्ततीका लागि २१ करोड ९१ लाख छात्रवृत्ति प्रदान,स्टाफ कलेजबाट १९८० जना अधिकृत प्रशिक्षण सम्पन्न गरिएको,संघ।प्रदेश तथा स्थानीय तहका सहायकस्तरका कर्मचारीलाई ३० कार्यदिनको दुई वटा सेवाकालीन तालिम,यही अवधिमा स्थानीय विकास तालिम प्रतिष्ठानबाट १०४० प्रतिनिधि तथा कर्मचारीलाई तालिम दिइएको बिषयलाई उपलव्धीका रुपमा समावेश गरिएको छ ।

बिज्ञापन

निजामती सेवाका सबै कर्मचारीका लागि सिप तथा क्षमता विकासमा आवद्ध गर्ने गरी राष्ट्रिय तालिमको मस्यौदा तयार भएको,वडाको केन्द्र तथा सीमना हेरफेर सहजीकरण गर्ने गरी कार्यविधि तयार भएको, यस्तै गरी उनले प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्वन्धि मापदण्ड तयार भएर स्वीकृतिको चरणमा रहेको निजामती कर्मचारीको सरुवा तथा पदस्थापनसम्बन्धी मापदण्ड तयारीको चरणमा रहेको सुनाए ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष