काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले आगामी भदौ २४ मा सैनिक सेवाबाट अनिवार्य अवकास पाउंदै गर्दा सेनाभित्र आफ्नो संयन्त्र बलियो बनाउने प्रयास गरेका छन्् । सेनाको परम्पराअनुसार प्रधानसेनातिबाट अवकास पाउनु एक महिनाअघि साउन २४ मा उनी बिदामा बस्नुपर्ने भएपछि त्यही अनुसारको संयन्त्र तयार पारेको स्रोतको दाबी छ ।
बिज्ञापन
जन्ममिति विवादमा रहेका अशोकराज सिग्देल भावी प्रधानसेनापति हुने निश्चित जस्तै छ । उनले राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई औपचारिक रुपमा परिचय गराउने मात्र होइन आफ्नो टिमलाई बलियो बनाउने काम पनि गरिरहेका छन् ।त्यतिमात्र होइन जंगी अड्डामा भावी प्रधानसेनापतिलाई आफ्नो टिम बनाउने वातावरण पनि बनाइदिएका छन् । जसअनुसार दुई महिनापछि प्रधानसेनापति बन्ने लाइनमा रहेका सिग्देल अहिले सैनिक मुख्यालयमा सक्रिय हुन थालिसकेका छन् ।
बिज्ञापन
अन्य अधिकृतहरुको कार्यालयमा यतिबेला कमिला हिड्न थालिसकेको छ भने सिग्देलको कार्यकक्षमा सैनिक अधिकृतको भीड बढ्न थालेको छ । प्रधानसेनापति शर्माले आफ्ना उत्तराधिकारी सिग्देललाई विस्तारै त्यसका लागि समय दिन निर्देशनसमेत दिइसकेका छन् ।
सेनामा हुने पोष्टिङमा समेत उनको सिफारिसले काम गर्न थालिसकेको छ । सिग्देलकै चाहनाअनुसार अहिले प्रधानसेनापतिको सैनिक सहायक भनेर चिनिने सल्लाहकारमा समेत सहायकरथी पूर्ण खत्री आइसकेका छन् । योजनामा सहायकरथी पवन खत्री र महासेनानी राजेश खकुरेल रहेका छन् । पवनलाई सैनिक सचिवमा ल्याइने चर्चा चलाइएको छ ।
बिज्ञापन
सहायकरथीहरू मानबहादुर महरा, टंक भट्ट, द्रव्य भण्डारी र महासेनानी दिलविक्रम सुब्बालाई समेत महत्वपूर्ण जिम्मेवारी दिने तयारी थालिएको छ । सैनिक प्रवक्तामा यसअघि नै गौरव केसीलाई ल्याइसकिएको छ ।
सेनाको दुई रथीमा सिग्देलसंगै रथी निर्मल थापा छन् । थापा अहिले फोर्स कमाण्डरका रुपमा ‘अनडफ’ मिसनमा कार्यरत छन् । त्यसपछि उपरथी सन्तोषबल्लभ ढकाल र बाबुराम श्रेष्ठ छन् । ढकाल पनि भदौ ११ मा अवकास पाउने भएकाले साउन २६ मा बिदामा बस्नेमा छन् । त्यसपछि सेनाको तीन तारे बन्नेमा श्रेष्ठ लाइनमा छन् । उनी हाल शिवपुरीस्थित स्टाफ कलेज कमाण्डेटका रुपमा कार्यरत छन् । श्रेष्ठ द्वन्दकालमा विवादित अधिकृत हुन् ।
प्रधानसेनापति शर्माले यसअघि रथी बढुवामा बिवाद भएपछि सेनाका तत्कालीन रथी सिताराम खड्काको अध्यक्षतामा छानबिन समिति नै गठन गरेका थिए । त्यही समितिले सिग्देललाई रथीमा बढुवा गरिसकेको छ । सिग्देलको डकुमेण्टमा विवाद भएको भनिए पनि उक्त समितिले नै उनको सबै विवरण ठिक रहेको भन्दै रथीमा बढुवा गरेको थियो ।
अहिले सिग्देलको फेरि कैफियत भएको भन्दै सेनामा हलचल सुरु भएको छ । उनको रथीमा बढुवा गर्दा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री थिए भने सेनापति शर्मा नै थिए ।उता, सिग्देल सेनापति भएर आउनेवित्तिकै भर्खरै दुई तारेमा बढुवा भएका अनुपजंग थापा द्रुतमार्ग हेर्ने गरी हेटांैडामा पृतनापति भएर जाने तयारीमा छन् । सुदुरपश्चिमका पृतनापति उपरथी गणेश श्रेष्ठ सम्भारथीमा आउनेमा छन् ।
सिग्देलका कोर टिममा रहेका उपरथी दीपक वानियाँसमेत सम्भार जान कस्सिएका छन् । सुर्खेतमा पृतनापति रहेका कृष्णदेव भट्टले समेत महत्वपूर्ण जिम्मेवारी पाउने गरी मुख्यालयमा आफ्नो पकड बनाएका छन् । हेटौंडा पृतना र संभाररथि विभाग सेनामा महत्वपूर्ण स्थान हुन् ।दृष्टिन्यूज