अर्थको जबाफ :- संसदका कर्मचारीको मात्र तलब-भत्ता बढाउन सकिँदैन

अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयका कर्मचारीहरूको मात्र तलब बढाउन सम्भव नरहेको जवाफ फर्काएको छ । कुनै पनि सरकारी कर्मचारीको तलब भत्ता नबढेका बेला संसद्का कर्मचारीको मात्रै तलब बढाउने विषय तत्काल सम्भव नभएको जबाफ अर्थका कर्मचारीहरुले सांसदका पदाधिकारीहरुलाई फर्काएका छन् ।

बिज्ञापन

सांसद सेवाका कर्मचारीहरु प्रोत्साहन भत्ताको माग राखेर अस्तिदेखि आन्दोलित छन् । ११ बुँदे माग राखेर आन्दोलनमा होमिएका सांसद सेवाका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता उपलव्ध गराउन नसकिने जबाफ अर्थ मन्त्रालयका कर्मचारीहरुले संसदका पदाधिकारीहरुलाई दिएका हुन ।

बिज्ञापन

संसद सेवाका कर्मचारीहरुको आन्दोलन पछि कर्मचारीहरूको मागका सम्बन्धमा सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले दुवै सभाका पदाधिकारी, दुवै सभाका प्रमुख सचेतक, मुख्य सचेतक, संघीय संसद्का महासचिव र सचिवालय सचिवसँग छलफल गरेका थिए ।

सभामुख घिमिरेले यस सम्बन्धमा भोलि अर्थमन्त्रीसँग छलफल गर्ने बताइरहँदा अर्थ मन्त्रालयका कर्मचारीहरुले संसद सेवाका कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता उपलव्ध गराउन नसकिने जबाफ फर्काएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष