३२ सहसचिव सरुवा , को कहाँ ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत ३२ जना सहसचिवको सरुवा गरेको हो ।
सरुवाको सूची अनुसार,लालबाबु कवारी लुम्बिनी प्रदेशबट गृह मन्त्रालयमा भित्रिएका छन् । उद्योगबाट छविलाल रिजाल गृह प्रवेश पाएका छन् । रामकुमार महतो संघीय मामिलाबाट अर्थ मन्त्रालयमा पुगेका छन् । हालै बढुवा भएर गण्डकी प्रदेशमा पुगेका विनोद लामिछाने –प्रम कार्यालयमा फिर्ता भएका छन् । यस्तै कर्णाली प्रदेशबाट बद्रिनाथ गैरैलाई सामाजिक विकास मन्त्रालय वाग्मतीमा ल्याइएको छ ।
सरुवा सूची अनुसार,उद्योगका दिपक घिमिरे –राष्ट्रिय सतर्कता केन्द्रमा पुगेका छन् । लुम्बिनी प्रदेशबाट केशवराज ढकाल –मुख्यमन्त्री कार्यालय गण्डकीमा पुगेका छन् । यस्तै राष्ट्रिय सर्तकता केन्द्रमा कार्यरत रहेका रुद्र प्रसाद लामिछाने –युवा मन्त्रालय वाग्मती प्रदेशमा पुग्दा कोशी प्रदेशबाट छविन्द्र पराजुलीलाई उद्योग, वाणिज्य मन्त्रलायमा पठाइएको छ ।

बिज्ञापन

भरतपुर महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेरफेर भएका छन् । भरतपुरका वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

सञ्चारबाट प्रदीपराज अधिकारीलाई उद्योग,सामान्यको अतिरिक्त समूहमा रहेका ज्ञानहरि घिमिरेलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा खटाइएको छ । यस्तै,राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका दिवश आचार्य –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा खटाइएको छ । युवा तथा खेलकुदबाट शिव प्रसाद रेग्मी –भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा खटाउँदा महानिर्देशक विदुर प्र खनाल –युवा तथा खेलकुद मन्त्रालयतिर पुगेका छन् । यस्तै भूमि मन्त्रालयबाट कुमार प्रसाद दाहाल –नेपाल ट्रष्टतिर पठाइएको छ । स्वास्थ्यबाट मदन कोइरालालाई भूमि व्यवस्था मन्त्रालयमा खटाइँदा गृहबाट ऋषिराज आचार्य –स्वास्थ्य मन्त्रालय पुगेका छन् ।
केही महिना अगाडिमात्र हेटौंडा उपमहानगरपालिका पुगेका रामबाबु पुरी –खानेपानी मन्त्रालयमा ल्याइएको छ भने सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव राजन पौडेल –उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आएका छन् ।
यस्तै धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीराम ठाकुर –भूमि व्यवस्था मन्त्रालयमा तानिदा वीर अस्पतालबाट डा सञ्जय कुमार ठाकुर –स्वास्थ्य मन्त्रालय, मधेश प्रदेशतिर पुर्याइएको छ ।
सरुवाको सूची अनुसार,सामान्यबाट सुशीला अर्याललाई अर्थ मन्त्रालयमा,महालेखामा रहेका राजेश्वर ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको छ । मीरा आचार्यलाई अतिरिक्त समूहबाट सरुवा सामान्य प्रशासन,सञ्चारबाट अनील कुमार दत्तलाई अर्थ मन्त्रालयमा खटाइदा हालैमात्र अख्तियारले भ्रष्टाचार मुद्धा चलाएका कारण निलम्बनमा परेका विरेन्द्र देब भारती –संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,गृहबाट रुद्रमान तमागलाई सामान्यमा तानिएको छ ।
यस्तै लक्ष्मी प्रसाद पौडेल –प्रमुख प्रशासकिय अधिकृत भरतपुर महानगरपालिका,प्रदिप कुमार कोइराला –राष्ट्रिय सुरक्षा परिषद् कार्यालयमा खटाइएको छ भने कमान सिह खत्रीलाई आन्तरिक मामिला मन्त्रालय, कर्णालीमा खटाइँदा नेपाल ट्रष्टबाट झलकराम अधिकारी लाई आर्थिक मामिला मन्त्रालय,सूदुरपश्चिम पुर्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष