बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर

सञ्जय मिश्रा, रौतहट । रौतहटको चर्चित कटहरिया बजार क्षेत्रको फोहर उठाउन बिरोध स्वरुप स्थानिय युवाहरुले कटहरिया नगरपालिका भवनको मूल गेटमा फोहर थुपारेर बिरोध जनाएका छन् ।

बिज्ञापन

कटहरिया बजार क्षेत्रको फोहर नउठेको भन्दै आक्रोसित युवाहरुको समुहले शुक्रवार दिउँसो नगरपालिकाको मूल गेटमा एक ट्याक्टर फोहर फालेर बिरोध जनाएका हुन् ।

बिज्ञापन

नगर प्रमुख अजय प्रकाश जयसवालले नगरको सरसफाईमा ध्यान नदिएको भन्दै स्थानीय युवाहरुले गुनासो गर्दै आएका थिए । फोहर फाले लगत्तै मेयर जैसवालको आग्रहमा युवा समुह, स्थानिय ब्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी जनप्रतिनिधिहरु लगायत सर्वपक्षिय आकस्मिक बैठक बसेका थिए ।

बैठकमा मेयर जैसवालले प्राविधिक कारणबस पछिल्लो तीन दिन देखि बजार क्षेत्रको फोहर उठ्न नसकेकोमा गलती स्वीकार गरेका थिए । बैठकमा मेयर जैसवाल र स्थानीय बिच दुई बुन्दे मौखिक सहमती भएको छ। बजार क्षेत्रको फोहर दैनिक उठाउने र बजार क्षेत्रको बाटोमा बिहान बेलुकी पानी पटाउने सहमती भएको थियो ।

बिज्ञापन

सहमती लगत्तै अपरान्ह मूल गेटमा थुपारिएको फोहर व्यवस्थापन गरिएको थियो । मेयर जैसवालले आउँदा दिनमा त्यस्तो कमी कमजोरी नहुने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष