दलाई लामाको दैलोमा गोसाइँकुण्डका अध्यक्ष

उत्तरी छिमेकी मुलुकसँग सीमाना जोडिएको जिल्ला रसुवाको एक पालिकाका अध्यक्ष तथा नेकपा एमाले रसुवाका उपाध्यक्षका गतिविधि शंकास्पद् देखिएको छ ।चीन विरोधी गतिविधि गरिरहेका धार्मिक नेता दलाई लामाको शरणमा रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ पुगेसँगै अहिले उनका गतिविधिको आलोचना हुन थालेको हो ।

बिज्ञापन

तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामा र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष  कैसाङ नुर्पु तामाङ हालै भेटघाट गरेका हुन ।

बिज्ञापन

सामाजिक सञ्जालमार्फत तस्बिरहरू सेयर गर्दै उनले भेट्न पाएकोमा खुशी व्यक्त गरेका छन् । फेसबुकमा लेखेका छन्, ‘लामो पर्खाइपश्चात् आदरणीय दलाई लामाको दर्शन गर्ने मौका प्राप्त भो, त्यसका लागि म्याकलोडगञ्ज धर्मशालाका सम्पूर्ण लामा गुरुज्यूहरू र गुरुको टिममा रहनुहुने विशेष व्यक्तिहरू, साथै समय मिलाइदिनुहुने मेरो आदरणीय आफन्तजनलाई धेरै धेरै धन्यवाद ।’

लामासँगको भेटघाटबारे सोध्दा आक्रोशित हुँदै फोन काटे । भने, ‘यो मेरो पर्सनल कुरा हो । तपाईंलाई किन भनिरहनुप¥यो ?’ गत स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका उनी २ हजार ५ सय ६३ मतसहित विजयी भएका थिए । स्थानीय तहका जनप्रतिनिधिको विवादास्पद धर्मगुरुसँग उठबस रहेको देखिएपछि चर्को आलोचना भइरहेको छ । यस अघि रसुवा जिल्ला एमालेका उपसचिव रहेका उनी अहिले रसुवा एमालेको उपाध्यक्षको भूमिकामा छन् ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष