आजदेखि बजेटमाथि छलफल

सरकारले संघीय संसदको संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आजदेखि छलफल शुरु हुँदैछ ।  आगामी आर्थिक वर्ष ०८१/८२ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि आजबाट छलफल हुँदैछ ।

बिज्ञापन

गएको मंगलवारअर्थमन्त्री वर्षमान पुनले  संघीय संसदको संयुक्त बैठकमा बजेट पेस गरेका थिए । लगत्तै प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विभिन्न राजस्व, कर शुल्क र महसुलको दस्तुर निर्धारणसम्बन्धी व्यवस्था रहेको आर्थिक विधेयक–२०८१ पनि पेस गरेका थिए ।

बिज्ञापन

संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार बजेटसँगै दुबै सभामा सरकारबाट विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दर्ता भई छलफल शुरु हुनेछ । आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा तीन दिन आज, भोलि र पर्सि छलफल हुनेछ ।

प्रतिनिधिसभामा जेठ २३ अर्थात् आउँदो बुधवार अर्थमन्त्रीले छलफलबाट उठेका विषयमा जवाफ दिनेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष