एकीकृत समाजवादीका दुई मन्त्री फिर्ता हुँदै

प्रदेश सरकार गठनका लागि निर्णायक मानिएको एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएसँगै एकीकृत समाजवादीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको हो । अहिले एकीकृत समाजावदीबाट उक्त प्रदेशमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेली सहभागी रहेका छन् ।

बिज्ञापन

ती दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी भइरहेको एकीकृत समाजवादीले जनाएको छ । जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो । यस अघि नै सो प्रदेश सरकारबाट एमाले र माओवादी फिर्ता भैसकेका छन् ।

बिज्ञापन

१ सय ७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सांसदको समर्थन आवश्यक पर्छ । मधेश प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोकतान्त्रिक समाजवादी पार्टीका ८ र एकीकृत समाजवादीका ७, जसपा नेपालका १९ र कांग्रेसका २२ सांसद छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष