तीन सचिवको सरुवा

सरकारले तीन जना सचिवको सरुवा गरेको छ । आज बसेको क्याविनेट बैठकले तीन सचिवको सरुवा गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाएको छ । त्यहाँ कार्यरत रहेका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको रुपमा सरुवा गरेको छ ।

बिज्ञापन

सरकारले गत चैत्र १९ गतेमात्र उपराष्ट्रपति कार्यालयमा रहेका बुर्लाकोटीलाई स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारी दिएको हो । उनी दुई महिनामै त्यहाँबाट सरुवा भएका हुन । पछिल्लो समय सरुवाको बिषयमा लिएर मन्त्रालयका सचिव रोशन पोखरेल र बुर्लाकोटीबीच विवाद सतहमा आइरहेको थियो । खरो र हक्की स्वभावका प्रशासकका रुपमा चिनिएका बुर्लाकोटीलाई स्वास्थ्यबाट हटाइनुको पछाडि मुख्यसचिव बैकुण्ठ अर्याल र विनोदप्रकाश सिंहबीचको विशेष सम्बन्धले पनि काम गरेको प्रशासकहरु बताउँछन् । प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीलाई जनसंख्या सचिवमा सरुवा गरिएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष