९ सचिवसहित ४२९ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा

राष्ट्रसेवकका रूपमा चिनिँदै आएका कर्मचारीहरू दिनहुँजसो भ्रष्टाचार काण्डमा तानिन थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक बर्षको पछिल्लो १० महिनामा ९ सचिवलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियारले पछिल्लो १० महिनामा १ सय ५९ वटा मुद्दा लैजादा ४२९ कर्मचारी र २३४ जनप्रतिनिधिसहित १३३१ लाई प्रतिवादी बनाएको छ । चालु आर्थिक बर्षको साउनदेखि वैशाख अन्त्य सम्ममा भ्रष्टाचारका मुद्धामा ९ जना सचिव,२३ जना सहसचिवस्तरका कर्मचारीलाई पोलिएको छ ।

बिज्ञापन

यस्तै, भ्रष्टाचार मुद्दा लाग्नेमा उपसचिवस्तरका ५९ जना, शाखा अधिकृतस्तरका १ सय ३५ जना, लेखापाल ४३, नासु तथा सब इन्जिनियरस्तरका १ सय २२ , खरिदार २४, जुनियर कर्मचारी १२ र कार्यालय सहयोगी २ जना रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । भ्रष्टचार मुद्दा दायर हुनेमा प्रशासन सेवाका १ सय ९३ जना र प्राविधिक सेवाका २ सय ३ जना रहेका छन् । अख्तियारका अनुसार सो अवधिमा भ्रष्टाचार मुद्दा दायर हुने जनप्रतिनिधिहरूको संख्या पनि बढ्दो छ। सो अवधिमा निर्वाचिततर्फ ७१ जना तथा मनोनीततर्फ १ सय ६३ गरी २ सय ३४ जनप्रतिनिधिहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो। यसै गरी व्यवसायी ५६, बिचौलिया र लेखापढी व्यवसायी गरी २ –२ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ भने विभिन्न उपभोक्ता समितिका सदस्य तथा सरकारी अधिकारीहरूसँगको मिलेमतोमा भ्रष्टाचार गर्ने सर्वसाधारण तथा अन्य ६ सय ९ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

बिज्ञापन

अख्तियारका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ३ सय ५६ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो । जबकि, त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने ३ सय १० जना कर्मचारी भ्रष्टाचार मुद्दामा तानिएका थिए । यस हिसाबले विश्लेषण गर्दा पनि भ्रष्टाचार गर्ने कर्मचारीको संख्या वर्षेनी वृद्धि भएको पाइएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष