विशेष अदालतबाट भ्रष्टाचारी ठहर इन्जिनियर पोखरेलको ‘सुसाइड नोट’

विशेष अदालतले भ्रष्टाचारी ठहरिएका सिनियर डिभिजनल इन्जिनियर ५७ वर्षीय नवीनकुमार पोखरेलको घरबाट ‘सुसाइड नोट’ समेत फेला परेको छ । भक्तपुरको लोकन्थलीमा शुक्रबार आफ्नै निवास झुन्डिएको अवस्थामा फेला परेका पोखरेलमाथि प्रारम्भिक अनुसन्धान गर्दा आत्महत्या गरेको देखिएको भक्तपुर प्रहरीका प्रमुख एसपी बेद विष्टले जानकारी दिए ।

बिज्ञापन

प्रहरी स्रोतले सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको दोष नरहेको लेखिएको छ ।प्रहरीका अनुुसार, ‘नोटमा मैले आफ्नै कारणले आत्महत्याको बाटो रोजेको हुँ । कसैलाई दोष नदिनु होला । सकेसम्म तिमीहरु पनि नेपाल नबस्नु होला । चाँडै विदेश जानुहोला ।’

बिज्ञापन

विशेष अदालतले उनलाई बुधबार ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १ सय ५९ रुपैयाँ जरिवाना असुलको फैसला सुनाएको थियो।

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित चार जना दोषी ठहर भएका थिए । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले फैसला गरेको थियो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष