एसबिआई बैंक र एनसीएचएलबीच सम्झौता, नेपाल–भारतबीचको सीमापार भुक्तानी सहज बन्ने विश्वास

नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसीएचएल)सँग सम्झौता गरेको छ ।

बिज्ञापन

यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंकका ग्राहकहरुले नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट भारतमा रहेको आफ्नो बैंक खातामा सीधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

बिज्ञापन

त्यसैगरी, भारतमा बसोबास गर्ने नेपाली नागरिकहरूले पनि यूनिफाइड पेमेन्ट इन्टरफेसको माध्यमबाट नेपालमा रहेको आफ्नो बैंक खाताहरूमा सिधै रकम स्थानान्तरण गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

बिज्ञापन

उक्त कार्यक्रममा एनसीएचएलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी र व्यवसाय प्रबद्धन अधिकृत, मनिष कुमार पटेल तथा बैंकका तर्फबाट प्रमुख प्रविधि अधिकृत  सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबद्धन अधिकृत रितेश अर्याल, मुख्य प्रबन्धक सुरज मानन्धरलगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष