झण्डै एक दर्जन कर्नेल यताबाट उता

झण्डै एक दर्जन प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) हरुको यताबाट उता भएका छन् । सैनिक सचिव विभागको हिजोको पत्रानुसार सेनाका ११ जना कर्नेलको सरुवा भएको हो ।

बिज्ञापन

विभागले नरसिंहदल गणका प्रमुख सेनानी प्रमोदकुमार शर्मा ५ नम्बर बाहिनी अड्डामा,श्रीनाथ गणका सुरेश देवकोटालाई पूर्वी पृतना हेडक्वार्टर र रुरु भैरवदल गणका हिमाचलजंग शाहलाई नम्बर १८ वाहिनी अड्डामा सरुवा गरिएको जनाएको छ ।

बिज्ञापन

सैनिक इन्टेलिजेन्स निर्देशनालयमा काजमा रहेका नम्बर ५ वाहिनी अड्डाका प्रमुख सेनानी निराजन कटुवाललाई श्रीजंग गणको गणपतिमा सरुवा गरिएको छ । मध्यपश्चिम पृतना हेडक्वार्टरका गणेश खड्कालाई नरसिंहदल गणमा गणपतिको जिम्मेवारी दिइएको छ ।

सरुवा भएका अन्य कर्नेलहरुमा मध्य पश्चिम पृतना हेडक्वार्टरका गणेश खड्कालाई नरसिंह दल गणको गणपति,सैनिक सचिव विभागका प्रद्युुम्नप्रसाद गौतमलाई श्रीनाथ गणका गणपति, मध्यपश्चिम पृतना तालिम शिक्षालयका राजेन्द्र श्रेष्ठलाई रुरु भैरवदल गणको गणपति र मध्य पृतना हेडक्वार्टरका प्रणव भट्ट मध्यपश्चिम पृतना तालिम शिक्षालयको शिक्षाधिकृतमा सरुवा भएका छन् ।

बिज्ञापन

त्यस्तै प्रमुख सेनानीहरुमध्ये सबुज गणका गणेशराज पन्थलाई चरक बाहिनीमा,श्रीजंग गणका डायमण्ड कार्कीलाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान र नम्बर १८ वाहिनी अड्डाका सरोज कोइरालालाई सबुज गणको गणपति बनाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष