आइटीका खेलाडी पौडेलसहित चार जना भ्रष्टाचारी ठहर

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ ।

बिज्ञापन

अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरेको हो । विशेष अदालतले बिगो बराबर नै जरिवाना हुने फैसलामा भनेको छ ।

बिज्ञापन

अख्तियारले गत वर्ष वैशाखमा विकल पौडेललगायत विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

पौडेललाई अदालतले दुई वर्ष कैद र दामासाहीले हुन आउने बिगो २५ करोड ४७ लाख १ हजार ६८ रूपैयाँ जरिवाना भराउन आदेश दिएको छ।

बिज्ञापन

उनीसहित नवीनकुमार पोखरेल, रोहितमान प्रधान र भुवन महर्जनलाई पनि भ्रष्टाचारी ठहर गरिएको छ। अदालतले पोखरेललाई ६ महिना कैद र ५ करोड ८४ लाख ५५ हजार १५९ रूपैयाँ जरिवाना दामासाहीसहित भराउन भनेको छ।

प्रधानको हकमा उक्त रकम बराबरको जरिवाना जफत गर्न भनिएको छ। महर्जनलाई भने ५ करोड ७९ लाख ६२ हजार १३५ रुपैयाँ बराबर जरिवाना हुने भनिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष