सशस्त्रको झण्डा सगरमाथाको चुचुरोमा

सशस्त्र प्रहरी बल नेपालको झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सोमबार बिहान १०ः२० बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

बिज्ञापन

सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरीबाट पहिलो पटक पौडेलले सगरमाथा आरोहण गरेका हुन् । उनी शेर्पा एक्स्ट्रिम प्रा.लि.मार्फत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । आरोहणको क्रममा पौडेलले लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेका थिए । उनी वैशाख १४ गते बिहान ८ बजेर २० मिनेटमा ६११९ मिटर अग्लो हिमालको चुचुरोमा पुगेका हुन् ।

बिज्ञापन

पौडेल सशस्त्र प्रहरी बलको सि.सं. ९ औ ब्याचका निरीक्षक हुन् । उनको आरोहण दलमा नेपाली र विदेशी गरी जम्मा १० जना छन् । २०६७ सालमा खुला प्रतिष्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा प्रवेश गरेका पौडेल स्याङ्जाका स्थायीवासी हुन् । उनी सशस्त्र प्रहरी सेवामा प्रवेश गर्नुअघिबाटै पदयात्रामा रुचि राख्थे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष