काँग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्रीले मागे विश्वासको मत

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् ।

बिज्ञापन

तर, प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरिरहँदा नेपाली कांग्रेसलगायतका प्रतिपक्षी दलहरूले वेल घेराउ गरेका छन् । प्रतिपक्षी दलहरूले वेल घेराउ गर्दै नाराबाजी गरिरहँदा प्रधानमन्त्री प्रचण्ड मर्यादापालकको सहयोगमा रोस्ट्रममा पुगेका थिए ।

बिज्ञापन

प्रतिनिधि सभा बैठकमा कांग्रेसको नाराबाजी चलिरहेको समयमा सभामुखको अनुमतिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।

कांग्रेसकै अवरोधपछि १५ मिनेटका लागि स्थगित भएपछिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेका हुन् । प्रतिपक्षी कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री दाहालले यसअघि २०७९ पुस १०, फागुन ३० र गत माघमा विश्वासको मत लिएका थिए । अहिले चौथो पटक विश्वासको मत लिन लागिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष