ड्युटी सकेर घर जाँदै गरेका ट्राफिक जवान घिमिरे मृत फेला

काठमाडौं – काठमाडौंमा एक प्रहरी जवान मृत फेला परेका छन्। आज (शुक्रवार) राति प्रहरी जवान युवराज घिमिरे मृत अवस्थामा फेला परेका हुन्।दरबारमार्ग ट्राफिकमा कार्यरत उनी बालाजुस्थित मनमैजुमा मृत भेटिएको बताइएको छ।

बिज्ञापन

स्रोतका अनुसार उनी ड्युटी सकेर घरतर्फ जान लागेका थिए। अनुहारमा चोट देखिएका उनको प्रारम्भिक अनुसन्धानमा हत्या भएको हुनसक्ने प्रहरीको आशंका गरेको छ।उनी ट्राफिक पोसाकमै मृत फेला परेका हुन्।

बिज्ञापन

अनुहार चोट देखिएकाले प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।

खोटाङ घर भएका घिमिरे सामाखुशीमा बस्दै आएका थिए ।अहिले घटनास्थलमा प्रहरी खटिएको छ भने थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष