गाउँपालिकाको सामाजिक सुरक्षा भत्तामा ९ करोड भ्रष्टाचार भएको आरोप

भ्रष्टाचारविरुद्धको सामाजिक अभियानले कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको खुलासा गरेको छ । अभियन्ताहरुले जानकी गाउँपालिका–९ मा एउटै नागरिकताबाट दोहोरो परिचय पत्र बनाएर र मृत्यु भइसकेको मानिसहरुको नाममा सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार भएको उनीहरुले बताएका छन् ।
सामाजिक अभियन्ता, भ्रष्टाचारविरुद्धको अभियानका संयोजक कृष्ण सोडारीले वडा अध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेमबहादुर बुढाको मिलेमत्तोमा ९ करोड बढी भ्रष्टाचार भएको आरोप लगाएका हुन । आर्थिक वर्ष २०७४/०७५ देखि ०७७/०७८ सम्मको अवधिमा अनियमितता भएको उनीहरुको आरोप छ । अभियन्ता भण्डारीले वडा अध्यक्ष भण्डारी र वडा सचिव बुढाले ४६५ जना नक्कली सेवाग्राही खडा गरेर भ्रष्टाचार गरेको आरोप लगाए ।
उनले सामाजिक सुरक्षा भत्तामा भएको भ्रष्टाचारबारे आफूहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कन्चनपुरमा २०७९ साउन १० मा उजुरी दिएपनि प्रभावकारी छानविन नभएको गुनासो पोखे । २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएको वडा अध्यक्ष भण्डारी ०७९ को निर्वाचनमा पनि दोहोरिएका छन् । सो बेलादेखि वडा सचिव बुढा अहिलेसम्म सोही वडामै कार्यरत छन् ।
त्यसैगरी, अभियन्ता युवराज पौडेल ‘सफल’, हेमबहादुर खड्का, रामहरि दाहाल, भक्त बहादुर विकलगायतले उक्त भ्रष्टाचार प्रकरणको सत्यतथ्य छानविन गरेर दोषीउपर कानुनी कारबाही हुनुपर्ने बताए । दोषीमाथि कारबाही नभएसम्म आफूहरु निरन्तर लागिरहने पनि उनीहरुले प्रतिवद्धता व्यक्त गरे ।

बिज्ञापन

यस विषयमा वडा अध्यक्ष भण्डारीसँग प्रतिक्रिया लिँदा उनले उक्त आरोप अस्वीकार गरे । उनले अभियन्ता सोडारी स्थानीय तह निर्वाचनको प्रतिस्पर्धी रहेका पनि खुलासा गरे । सोडारीले पराजयको विक्षिप्त मानसिकता देखाइरहेको समेत वडा अध्यक्ष भण्डारीले बताए ।‘यो आरोपमा कुनै सत्यता छैन । सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण भइरहेको छ । बैंकमा मृत्यु भइरकेका मानिसहरुको खाता खोल्न सम्भव छ र ? यो राजनीतिक पूर्वाग्रहको उपज हो,’– वडा अध्यक्ष भण्डारीले भने ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष