कर्मचारीप्रति शिक्षामन्त्री असन्तुष्ट, शिक्षामन्त्रीप्रति कर्मचारी आक्रोशित

पछिल्लो समय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको काम गराइप्रति कर्मचारीहरू आक्रोशित बन्दै गइरहेका छन् ।

बिज्ञापन

शिक्षामन्त्री श्रेष्ठको काम गर्ने शैलीप्रति कर्मचारीहरु आजित छन् । उनीहरुले मन्त्रीको कुराकाटेरै दिन बिताउने गरेका छन् । सदरका लागि टिप्पणी लिएर जाने कर्मचारीलाई ठाडै हप्काउने गरेपछि अचेल कर्मचारी उनका सामु पर्न निकै अप्ठेरो महसुस गर्ने गरेका छन् ।

बिज्ञापन

शिक्षामन्त्री श्रेष्ठले एक महिनाको अवधिमा तीन जना सहसचिवलाई मन्त्रालयबाट हटाइसकेका छन् भने निजी सचिवलाई पनि अन्यत्र हुत्याइदिएकी छिन् ।सुरुमा शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटालाई सानोठिमीस्थित शिक्षक सेवा आयोगमा पुर्याएर आयोगबाट डा. कमलप्रसाद पोखरेललाई मन्त्रालयमा ल्याइएको थियो ।

यसबीचमा मन्त्रालयका सहसचिव इमनारायण श्रेष्ठलाई पाठ्यक्रम विकास केन्द्रमा पठाएर केन्द्रमा रहेका सहसचिव बैकुण्ठ अर्याललाई मन्त्रालयमा तानिएको छ । सहसचिव श्रेष्ठलाई काममा सुस्त भएको आरोप शिक्षामन्त्री श्रेष्ठको छ ।

बिज्ञापन

त्यस्तै प्रशासन महाशाखाका सहसचिव कालीप्रसाद पराजुलीलाई पनि हटाइदिएकी छिन् । उनलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ भने लुम्बिनी प्रदेशबाट सहसचिव सुमन घिमिरेलाई ल्याई मन्त्रालयको प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ ।

त्यस्तै मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईलाई उच्च शिक्षा महाशाखाबाट परिवर्तन गरी प्राविधिक शिक्षा महाशाखामा लगिएको छ । शिक्षामन्त्री श्रेष्ठले सहसचिव भट्टराईलाई पनि उच्च शिक्षा महाशाखा सम्हाल्न नसकेको आरोपमा अर्काे महाशाखामा लगेकी हुन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष