पौडेल र मिश्र सचिवमा बढुवा

सरकारले दुई बरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहिबार सिंहदरबारमा बसेको क्याविनेट बैठकले प्रशासन सेवा र कृषि सेवाका एक एक जना सहसचिवहरुलाई सचिवमा बढुवा गरेको हो ।

बिज्ञापन

प्रशासन सेवाबाट लोकनाथ पौडेल र कृषि सेवाबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा भएका हुन ।

बिज्ञापन

प्रशासन सेवातर्फ सहसचिवत्रय लोकनाथ पौडेल, गोविन्दबहादुर कार्की र महादेव पन्थको नाम सिफारिस भएकोमा लोकनाथलाई बढुवा गरिएको हो भने कृषि तथा वन सेवातर्फ रिक्त रहेको एक सचिवका सहसचिवत्रय सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी र राजेन्द्रप्रसाद मिश्रको नाम सिफारिस भएको थियो । जसमा मिश्रलाई बढुवा सिफारिस गरिएको हो ।

बढुवा हुने लाइनको पहिलो नम्बरमा सञ्जीवकुमार कर्ण थिए । कर्ण यस अघि पनि बढुवामा सिफारिस भएका हुन । उक्त समयमा रेवतीरमण पौडेललाई सचिवमा बढुवा गरिएको थियो ।

बिज्ञापन

न्यूनतम परिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष