अख्तियारले हचुवामा मुद्धा चलाउन थालेपछि विशेषले पठायो प्रमुख आयुक्तलाई ध्यानाकर्षण पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हचुवाको भरमा मुद्धा दायर गर्ने गरेको भन्दै विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको ध्यानाकर्षण गराएको छ । विशेष अदालतले अर्काेको हकमा हचुवा र अनाहकमा मुद्धा दायर गर्ने गरेको भन्दै आरोपदावीको सम्बन्धमा अख्तियारका सम्बन्धित आरोपपत्र तयार गर्ने अभियोजनकर्तालाई ध्यानाकर्षण गराउदै प्रमुख आयुक्तलाई जानकारी लेखी पठाउने निर्णय गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेज नारायण सिंह राईको इजलासले अख्तियारले हचुवाको भरमा आरोपपत्र दायर हुने गरेको भन्दै अख्तियारका प्रमुख आयुक्तलाई ध्यानाकर्षण गराएका हुन ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ८० माघ १६ गते बाँकेको नरैनापुर गाउँपालिका–२ मा सञ्चालित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । लब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतका शीर्षकमा निकासा भएको १८ लाख तीन हजार सात सय ४१ रुपैयाँ हिनामिना गरेको अभियोगमा बाँकेस्थित नरैनापुर गाउँपालिका–२ मा सञ्चालित मदरसा दारुल उलूम अमजदिया बरकातियाका प्रधानाध्यापक कलिम अहमद जोलाह र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । प्रधानाध्यापकले आफ्नो जिम्मामा रहेको सक्कल कागजात बरबुझारथ नगरेको, नष्ट गरेको अख्तियारको आरोप थियो ।

बिज्ञापन

आर्थिक वर्ष २०७०/ ०७१ देखि २०७४/ ०७५ सम्म शिक्षकको तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, विद्यालय फर्निचर र भवन निर्माण शीर्षकमा निकासा भएको रकम प्रधानाध्यापक जोलाह र खाँले आफूखुसी खर्च गरेको भन्दै अख्तियारले जोलाह र खाँविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा बिगोसहितको जरिवाना र कैद सजायको मागदावी गरेको छ । विशेष अदालत अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेज नारायण सिंह राईको इजलासले प्रधानाध्यापक कलीम अहमद जोलाहले भ्रष्टाचार गरेको ठहर गर्‍यो । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ भने निर्दोष रहेको फैसला गर्दै यस्तो अवस्थामा यस्तो आरोपदावीको सम्बन्धमा अख्तियारका सम्बन्धित आरोपपत्र तयार गर्ने अभियोजनकर्तालाई ध्यानाकर्षण गराउदै प्रमुख आयुक्तलाई ध्यानाकर्षण पत्र पठाउन भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष