सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी ठहर

काठमाडौँ । विशेष अदालत काठमाडौँले लागुऔषध मुद्दामा दोषी ठहर भएका एक अभियुक्तलाई सम्पत्ति शुद्धीकरणमा मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले मनिष भन्ने दुर्गासिंह तामाङलाई सोमबार दोषी ठहर गरेको हो । उनी यसअघि लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट कसुरदार ठहर भई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना भएको थियो । उक्त मुद्दा उच्च अदालत पाटनले सदर गरेको थियो ।

बिज्ञापन

विशेषले उनलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पनि दोषी ठहर गर्दै २७ लाख १७ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ६ वर्ष कैद हुने फैसला सुनाएको हो । उनीसँग २३ लाख ५० हजार नगद समेत बरामद भएको भन्दै विशेषले उक्त रकम पनि जफत हुने ठहर गरेको छ।

बिज्ञापन

जसपछि लागुऔषध नियन्त्रण ब्युरोले विभागलाई पनि अनुसन्धानका लागि पत्राचार गरेको थियो। विभागले अनुसन्धानका क्रममा गैरकानुनी क्रियाकलापबाट सम्पत्ति आर्जन गरेको दाबीसहित गत २ वैशाखमा मुद्दा चलाएको थियो।

अनुसन्धानका क्रममा तामाङका विभिन्न बैंक खाता, नगदसमेतकाे सम्पत्तिबराबर बिगो कायम भएको थियो। तामाङमाथि ४० लाख सात हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएकोमा ठहर हुने फैसला भएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष