उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीद्धारा राजीनामा

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव खल्तीमा राजीनामा बुझाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका कारण उनले राजीनामा बुझाएका हुन । १२ सिटे जसपा फुटेर सात सांसद अशोक राईको साथ लागेपछि उपेन्द्र सरकारबाट बाहिरिएका हुन । यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।

बिज्ञापन

उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ,पछिल्लो विकशित राजनीतिक घटनाक्रमका कारण सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु । उपेन्द्रले सरकार छाडे लगतै लोसपा र जनमत सरकारमा सामेल हुने सम्भवना रहेको छ । रञ्जितालाई स्वास्थ्य मन्त्रालय दिने या पुरानै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउनेबारे छलफल चलिरहेको छ । बलराम अधिकारी अहिले भूमि मन्त्री छन्,उनलाई स्वास्थ्यमा पठाएर रञ्जितालाई भूमि मन्त्रालय दिने बिषयमा समेत छलफल चलिरहेको बताइएको छ ।
यता माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि अहिले नै सरकार छाड्ने योजनामा छैन । कोशी प्रदेश सरकारलाई विश्वासको मत दिने नेकपा एसले जनाइसकेको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष