ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा श्रेष्ठ

ललितपुर । सरकारले ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको छ । जसअनुसार सहसचिव रेखा दास श्रेष्ठले मंगलबारदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकारबाही थालेकी छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखा प्रमुख रहेकी रेखालाई नयाँ जिम्मेवारी दिइएसँगै यसअघि ललितपुर महानगरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीको भरतपुर महानगरपालिका सरुवा भएको छ । सरकारले काठमाडौँ महानगर पछि ललितपुर महानगरमा पनि पछिल्लो पुस्ताका युवाका प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति गरेको हो।

बिज्ञापन

भारती भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने गरी सरुवा भएका छन्। ललितपुर महानगरले प्रमुख प्रशासकीय अधिकृत रेखा दासको स्वागत र भारतीको बिदाई गर्न आयोजना गरेको कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि र महानगरका अन्य कर्मचारी सहयोगी भएको बताए।

उनले भने, ‘हामी मिलनसार छौं, तर्सिन पर्दैन, नहुने कुरा नल्याउनुहोस्, हुने कुरा ल्याउनुहोस्।’ रेखादास ललितपुर महानगरको पहिलो प्रमुख प्रशासकीय अधिकृत भएको बताउँदै महानगर प्रमुख महर्जनले भने, ‘उहाँ स्मार्ट हुनुहुन्छ, डाइनामिक हुनुहुन्छ, महानगरको विकास गर्न उहाँको कामले फलदायी रिजल्ट निकाल्छ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष