संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ । संघीय अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो । त्यसको तीन सातापछि सरकारको सिफारिसमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।यही बर्खे अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुने छ ।

बिज्ञापन

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण बजेट जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

बिज्ञापन

प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २६ वटा विधेयक विचाराधीन छन् ।जसमध्ये प्रतिनिधि सभामा विभिन्न चरणमा २३ विधेयक छन् । प्रतिनिधि सभामा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, सङ्घीय निजामती, निर्माणमुखी सामग्री व्यवस्थापन, राजनीतिक दलसम्बन्धी विधेयक विचाराधीन छन् । यस्तै भन्सार, बैङ्किङ कसुर तथा सजाय, विद्यालय शिक्षा, विद्युत्लगायतका विधेयक पनि प्रतिनिधि सभामा नै विभिन्न चरणमा विचाराधीन छन् ।प्रतिनिधि सभामा २३ वटा विद्येयक अल्झिएका छन् । जसमध्येको एक हो संघीय निजामती सेवा विद्येयक । विद्येयक प्रतिनिधि सभाको एउटामात्र बैठकमा अल्झिएको छ । उक्त बैठकले विद्येयक दफादार छलफलका लागि संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पठाउनेछ । उक्त विद्येयक उपर १५ सयभन्दा बढी संशेधन प्रस्ताव दर्ता भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष