जसपा फुटेपछि अलमलिए माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

बिज्ञापन

पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीसमेत विभाजन हुने चर्चा चलेको छ । तर एकीकृत समाजवादी विभाजन गर्न कुनै शक्तिले नसक्ने नेताहरूको दाबी छ ।

बिज्ञापन

उपेन्द्र यादव सत्ता गठबन्धन परिवर्तन गर्न लागेको भन्दै अशोक राईसहित सात सांसदले जसपा विभाजित गरेकाले एकीकृत समाजवादी समेत फुट्न सक्ने आशंका गरिएको थियो । किनकि यो सत्ता समीकरणको आयुबारे यो दलका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै चर्को टिप्पणी गर्दै आएका थिए ।

किनभने विभाजन हुनुअघिको जसपा र एकीकृत समाजवादीको निर्णयले नेकपा एमाले नेतृत्वको वर्तमान सत्ता समीकरण अल्पमतमा पर्न सक्थ्यो । तर अल्पमतको खतरा टार्न सत्ताकै सहयोगमा सत्तारुढ दल नै फुटाइएको ब्रिफिङ सांसदहरुसँग अध्यक्ष नेपालले गरेका छन् । ‘जसपा विभाजनको मुख्य डिजाइनर केपी ओली हुन्, त्यसमा प्रचण्डले साथ दिनुभयो’, नेपालले भनेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष