गृहका ७ उपसचिवको सरुवा

गृह मन्त्रालयले ७ उपसचिवहरुको सरुवा गरेको छ । जसमा ६ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरु हेरफेर  गरेको छ । एक जना उपसचिवलाई भने गृहले इलाका प्रशासन कार्यालय झापामा खटाएको छ ।गृहका अनुसार तीन जना कर्मचारीको पदस्थापन र बाँकी ४ को सरुवा गरिएको हो ।

बिज्ञापन

सूची अनुसार, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईलाई इलाका प्रशासन कार्यालय दमक, झापामा कार्यालय प्रमुखको जिम्मेवारीमा सरुवा गरेको छ भने रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी उत्तमकुमार घिमिरेलाई पर्साको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

बिज्ञापन

यस्तै सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवलाई रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ भने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनालाई इलामको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

मन्त्रालयले लोकमान श्रेष्ठलाई मकवानपुर, भीमराज कोइरालालाई सिरहा, जितेन्द्रकुमार यादवलाई सप्तरीमा सहायक प्रमुख जिल्ला अधिकारी पदमा पदस्थापन गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष