नबिल बैंकबाट १ करोड ३४ हजार रुपैयाँ चोरी

पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ ।

बिज्ञापन

सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो । चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले बताए ।

बिज्ञापन

चोरी भएको समयमा बैकमा सेक्युरेटी गार्डसमेत नभएको खुलेको छ । सेक्युरेटी गार्ड नभएका कारण घटना थप संकास्पद भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ ।

५÷६ जनाको समूहमा आएका व्यक्तिहरुले रकम चोरी गरेर फरार भएका थिए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धान भइरहेको भन्दै प्रहरीले यसबारे थप केही बताएको छैन ।

बिज्ञापन

सोमबार बिहान बैँकको गार्डले ताल्चा खोल्दा नयाँ ताल्चा लगाइएको पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीको रोहबरमा नयाँ ताल्चा खोलेर बैंक भित्र प्रवेश गर्दा पैसा चोरी भएको पाइएको थियो ।

सोमबार चोरी भएको पैसा एकिन गरि बैंकले प्रहरीमा जाहेरी दिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष