२४ घण्टाभित्र समाचार हटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सिधा कुरा नामक सञ्चार माध्यमलाई आदेश दिएको छ ।

बिज्ञापन

सिधा कुरा डटकमले स्टिङ अपरेशनसम्बन्धी मुद्दा हराउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतो रहेको दाबीसहित समाचार प्रकाशन गरेको थियो ।

बिज्ञापन

न्यायाधीशद्धय डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अदालतको अवहेलना मुद्दामा उनीहरुलाई बयानमा झिकाउने आदेश समेत दिएको छ । अदालतको अवहेलनाको मुद्दामा कारबाही र सजाय गर्नुपर्ने कुनै कारण नभए वैशाख २० गते बिहान १० बजेभित्र अदालतमा उपस्थित हुन र बयान दिन आदेशमा भनिएको छ । त्यस्तै, वैशाख १४ गते सम्प्रेषण भएको ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको ‘स्टिङ अपरेशन’ शीर्षकको सामग्री २४ घण्टाभित्र हटाउन र अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रशारण र पुनः प्रशारणलगायत सार्वजनिक गर्ने कार्य गर्नरनगराउन पनि आदेश दिइएको छ ।

यस्तै,न्यायाधीशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त समाचार र युट्युबमा राखेको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।

बिज्ञापन

सर्वोच्चले यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम यो निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रशारण, पुनः प्रशारण लगायत सार्वैजनिक गर्ने कुनै कार्य नगर्न नगराउन पनि आदेश दिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष