सोल्टीमा लगानी सम्मेलनको उद्घाटनपछि शीतल निवासबाट अध्यादेश जारी

सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरू गरेकै दिन राष्ट्रपति रामचन्द्र पौडेलले लगानीलाई सरल र सहज बनाउने सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

बिज्ञापन

बिहान प्रधानमन्त्री प्रचण्डले तेस्रो लगानी सम्मेलन उद्घाटन गरेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन । मन्त्रिपरिषद् बैठकको सिफारिसपछि राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पौडेलले जारी गरेका हुन् ।

बिज्ञापन

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्न बाधक र झण्झटिलो प्रक्रियालाई सहज बनाउन केही ऐनमा संशोधन गर्ने निर्णय गरेको थियो ।

सोहीबमोजिम भूमि ऐन, विद्युतीय कारोबार ऐनलगायत नौ वटा ऐनलाई अध्यादेशमार्फत् संशोधनका लागि शीतल निवास पठाइएको थियो ।मन्त्रिपरिषद्ले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, सरकारले भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३, विशेष आर्थिक क्षेत्र ऐन २०७३ र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६ र वन ऐन २०७६ संशोधनसहितका ९ वटा ऐनलाई अध्यादेशद्धारा संशोधनका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष