एक लाख नक्कली लाइसेन्स प्रकरणमा भट्ट सिआइबीको नियन्त्रणमा

नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था विभागका पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिस भट्ट रहेका छन् ।

बिज्ञापन

भट्ट नक्कली लाईसेन्स प्रकरणका प्रमुख आराेपित मानिएका छन् । नक्कली सवारी लाईसेन्स जारी प्रकरणमा अनुसन्धानका क्रममा सिआईबीले उनलाई नियन्त्रणमा लिएको हो । भट्ट यसअघि नक्कली लाईसेन्स प्रकरणमै अख्तियारबाट प्रतिवादी कायम भईसकेका व्यक्ति हुन् । तर, उनले पछि अदालतबाट सफाई पाएका थिए । उनी दशकभन्दा बढी समयदेखि विभागमा करारमा कार्यरत छन् ।

बिज्ञापन

विभागमा कार्यरत हुँदा उनले नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप छ । केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी श्यामलाल ज्ञवालीका अनुसार उनलाई काठमाडौँबाट नियन्त्रण लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिए । उनले यो विषय यसअघि अनुसन्धान भइरहेको नक्कली लाइसेन्स प्रकरणसँग भने सम्बन्धित रहेको स्पष्ट पारेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष